सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएको छ। उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३ )गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।
बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा डा नारयणप्रसाद पौडेले जानकारी दिए।
यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ।
यस्तै, विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पसको सँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। साथै विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्नका लागि सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिती निर्धारण गरि निर्वाचन गर्ने निर्णय समेत गरेको छ।
१० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेश र ७ वटा कर्णाली प्रदेशमा पर्दछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई