चितवन । चितवनको भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ। सूचना प्रकाशन गर्दै अस्पतालले मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।
एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ। मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबिबिएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ।
चिकित्सकहरुले भने भरतपुर अस्पतालले जुनियर चिकित्सकलाई पेल्ने गरी सूचना निकाल्ने गरेको भन्दै अस्पताल प्रशासनको विरोध गरेका छन्। उनीहरुले एमडी गरेका चिकित्सकका लागि नवौं तहमा आवेदन खुलाउनुपर्नेमा मेडिकल अफिसर सरह बनाएर श्रम शोषण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले नयाँ दरबन्दी स्वीकृत नगरेको अवस्थामा अस्पतालमा बिरामीको उच्च चाप थेग्न अस्थायीरुपमा कर्मचारी राख्न लागिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी