रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, १४ : २७
रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो । कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गीतिका कोहली, कस्तुरिका तथा  नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासंग्रहको विमोचन गरे ।

कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोलेका थिए ।  वितास्ता पब्लिकेसन दिल्लीबाट  प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासंग्रह अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ । उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस