भक्तपुर । भक्तपुर दरवार क्षेत्रभित्रको पुरातात्त्विक कलात्मक काठ तथा धातुको मूर्ति दिउँसै चोरीको प्रयास गर्ने विदेशी नागरिकमाथि दोस्रोपकट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । भक्तपुर दरवार क्षेत्रभित्रको तलेजु मन्दिरभित्रको मूर्ति चोरीको असफल प्रयास गर्ने इटालियन नागरिक तिजियानो रोन्चीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले म्याद थप गरिदिएको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम जिल्ला अदालत भक्तपुरबाट उनलाई दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।तलेजु मन्दिर सुन्धारा परिसरमा घुम्न आएका ती इटालियन नागरिकले चक्कुको प्रयोग गरी धातुको मूर्ति निकाल्न खोजेका थिए । प्रत्यक्षदर्शीले विदेशीको हर्कत देखेर तलेजु मन्दिरको सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर गरेका थिए । खबरपछि सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । ती विदेशी नागरिकले दरबार स्क्वायर प्रवेश गर्दा टिकट नलिई चोर बाटो प्रयोग गरेको पाइएको छ ।भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेजअनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा चारपल्ट ओहोरदोहोर गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै ढुंगामा १०८ शिवलिंग र नागसहितको मूर्ति