उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, १२ : २८
उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिने निर्णय गरेको छ ।बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए। यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् । यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्‍याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।

प्रतिक्रिया दिनुहोस