एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समूद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।
अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच बर्ष यताकै सबैभन्दा ठूलो अभ्यास भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।
सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ फागुन २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको निरीक्षण
उत्तर कोरियाको चेतावनीः अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्छ
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि...
उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा