उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १८ : ५१
उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा राष्ट्रपतिमा निर्वाचितभन्दा फरक लिंग र फरक समुदायको भने पनि जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवसहित ३ जनाको उम्मेदवारी पनि कायम राखेको छ ।

आयोगका अनुसार राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने भने पनि आयोग आफैँले पुरुष उम्मेदवारसहित उपराष्ट्रपतिमा ३ महिलाको उम्मेदवारी कायम गरेको छ ।

त्यसो त यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी पनि हालेका थिए । तर, नियम बनाउने आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम उपराष्ट्रपति उम्मेदवारको नामावलीमा यादव पनि समेटिए ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालद्वारा जारी उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा यादव सँगै अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी र ममता झाको नाम रहेको छ ।

उपराष्ट्रपतिमा उम्मेदवार बनेका यादव र प्रमिला दुवै जसपाबाट रहेका छन् । राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नपाउने भनिएपछि गठबन्धनको साथ पाएको जसपाले मुद्धा मामिला हुन सक्ने भएपछि प्रमिलालाई पनि उम्मेदवार बनाएको थियो ।

तर, आयोगले अन्तिम नामावली प्रकाशनमा फरक लिंग र फरक समुदाय भने पनि यादवको पनि उम्मेदवारी सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस