काठमाडौं । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायीी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ ।
यसैगरी आइतबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?