एक चिनियाँ प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदै

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १२ : ३५
एक चिनियाँ प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङ चार दिने ,मा आउने भएको छ । 
नेपाल स्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्ति अनुसार झाङ मार्च १२ देखि १५ गतेसम्म नेपाल भ्रमणमा रहनेछन् ।

उपाध्यक्ष झाङ नेपाल उद्योग परिसंघको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले सिएनआइका अधिकारीसँग भेटघाट गर्नुको साथै नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रि र चिनयाँ उद्यमीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस