काठमाडौं। नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिने भएको छ। यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिने तयारी गरिएको एमाले सांसद महेश बर्तौलाले बताए।‘हामी ६ बजेसम्म उजुरी दर्ता गर्नेछौं। यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो। तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिन लागेका हौं’, उनले भने।
जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ।यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए।
‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भनेका थिए,‘रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस(आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव स्वागत समारोहमा
भगवान श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्छ : उपराष्ट्रपति यादव
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव