उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १४ : ०८
उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेतृ  प्रमिला यादवले   उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । यादवको प्रस्तावकमा रन्जु झा,  मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् ।

यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधिसभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस