काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ। आज बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठककले यस्तो निर्णय गरेको हो।
बैठकपछि निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका नाममा स्थानीय तहमा महिलाहरूको अधिकार कटौती भएको बताए। निर्वाचन आयोगले उपराष्ट्रपति महिला नै हुनुपर्ने बताएपछि एमालेको यसप्रकारको निर्णय आएको हो। ज्ञवालीले पत्रकारहरूसँग भने, 'हामीले हाम्रो मत सुरक्षित गरेका छौँ, हाम्रो मत वृद्धि गरेका छौँ।'
ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए। पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधानविपरीत भएको उनको भनाइ थियो।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव
भारतका उपराष्ट्रपतिले दिए राजीनामा
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव स्वागत समारोहमा