रौतहट । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका(१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको ५ ।
‘हिजो घरमा मृत्यु भएपछि हामीलाई खबर आयो । हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ । परिवारजनले बुधबार साँझ कुटपिट भएको भन्यो । बुधबार बिहीबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेकमा छौं,’ एसपी वीरबहादुर बुढामगरले भने ।
घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु