धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १४ : ४९
धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

विराटनगर । मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।बेलबारी-१ नक्सालबारीका ५७ वर्षका हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।बिहीबार दिउँसो १२  बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

देवकीको टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुट्टै विराटचोकमा बस्ने गरेकी छिन्। 

हेमकर्ण र देवीको बेलबारीमै मासु पसलसमेत रहेको छ । मासु काट्ने दाउले काटेको हुन सक्ने प्रहरीको अनुमान छ।श्रीमतीको हत्या गरी उनी फरार भएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस