राष्ट्रपति निर्वाचन

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, ११ : ३४
प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस