काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन
पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताए। २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएको बताउँदै उनले त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे। शान्तिप्रक्रिया टुंग्याउन माओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको उनले बताए।
अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
सरकारमा जान तँछाडमछाड गरेका छैनौँ: देवेन्द्र पौडेल
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल