काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
सर्वोच्च बारको आकस्मिक कार्यसमितिको बैठकले नेपालको संविधानले अङ्गीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका तथा स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पालना गरी न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दललगायत सम्बद्ध सबैमा आग्रह गरेको हो ।
नेपालको संविधानले स्वतन्त्र न्यायपालिका, विधिको शासनको पूर्ण प्रत्याभूत गरेको परिप्रेक्ष्यमा अदालतमा कुनै मुद्दा दर्ता हुने नहुने विषय र त्यसमा कानूनबमोजिम निर्णय गर्न अदालत पूर्ण स्वतन्त्र हुने सर्वोच्च बारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश