काठमाडौँ । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु
दाङ र कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु