जनकपुरधाम । मिथिलालञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज सोमबार जनपुरधाम फर्केको छ ।१४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री १५ औं दिन जनकपुरधाममा आइपुगेका हुन् ।
अहिले जपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा परिक्रमामा सहभागी श्रद्धालु भक्तजन टेन्टटाँगेर बास बसेका छन् ।
फागुने औशीको दिन धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरुवात हुने गर्दछ । १४ औं पडावस्थलको परिक्रमा गर्दै फागु पूर्णिमाको दिन पुनः जनकपुरधाम फर्केर भोलिपल्ट अन्तगरगृह परिक्रमागरेपछि यो यात्रा समापन हुने प्रचलन छ ।
भोलि बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि विधिवत समापन हुने छ । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेकेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।
परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय २० किलो मिटरे पद यात्रा गरिन्छ ।
मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्त एवं मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट श्रद्धालु तथा साधुसन्तहरु परिक्रममा सहभागी हुने गर्दछन् । खानपानसहित बन्दोबस्तीका सामानसहित श्रद्धालुहरु परिक्रमा सहभागी हुन्छन् ।
वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ फागुन २०७९, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाममा आज पनि होली मनाइँदै, मधेश प्रदेशमा बिदा
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा पठाइयो कोसेली
पच्चिस वर्षपछिको जनकपुरधामबारे चर्चा
धानवारिमा युवकको शव फेला
सङ्घीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल