जनकपुर । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए ।
मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु