८ दलीय गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, ०९ : ५४
८ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ । ८ दलीय बैठक आइतबार बस्ने भएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बैठकमा बस्दै पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ।

साथै सरकारमा सहभागी हुने विषयमा पनि छलफल गरिने बताइएको छ। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेका छन्। यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा  एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।