आम जनता पार्टीले रास्ट्रपतिमा पौडेललाई समर्थन गर्ने

रासस

आइतबार, २१ फागुन २०७९, ०७ : १६
आम जनता पार्टीले रास्ट्रपतिमा पौडेललाई समर्थन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए ।

२५ गते हुने निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको छ।

प्रतिक्रिया दिनुहोस