पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १९ : ०६
पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु

पाल्पा । पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको रैनदेवी छहरा ७, बल्ढेङगढीस्थित कन्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो ।

१७ वर्षीय भिमबहादुर रानाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रैनदेवी छहरा ७ र ८ को सिमाना भएर बग्ने कन्चन खोलाको जलुकेघाटमा पौडी खेल्ने क्रममा राना डुबेका थिए । 

राना रैनदेवी छहरा–७, बल्ढेङगढी जोग दमारका बासिन्दा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस