काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछन्। बिहीबार काठमाडौँमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले आज प्रदेशसभा सदस्य लक्षित कार्यक्रम गर्न लागेको हो।
अभिमुखीकरणका लागि गठबन्धनका नेताहरू प्रदेश राजधानी पुगेका छन्। सबैजसो प्रदेशमा हुने कार्यक्रमको संयोजन कांग्रेस पदाधिकारीले गर्दैछन्।
कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सह(महामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सह(महामन्त्री बद्री पाण्डेलाई खटाएको छ।
बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यलाई दिउँसो १ बजे नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यही फागुन २५ गते हुने निर्वाचनमा दुई आठ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास