काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछन्। बिहीबार काठमाडौँमा संघीय संसद सदस्यका लागि अभिमुखीकरण गरेको गठबन्धनले आज प्रदेशसभा सदस्य लक्षित कार्यक्रम गर्न लागेको हो।
अभिमुखीकरणका लागि गठबन्धनका नेताहरू प्रदेश राजधानी पुगेका छन्। सबैजसो प्रदेशमा हुने कार्यक्रमको संयोजन कांग्रेस पदाधिकारीले गर्दैछन्।
कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सह(महामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सह(महामन्त्री बद्री पाण्डेलाई खटाएको छ।
बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यलाई दिउँसो १ बजे नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यही फागुन २५ गते हुने निर्वाचनमा दुई आठ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ