राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित छ: प्रकाशमान सिंह

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, ११ : १२
राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित छ: प्रकाशमान सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् ।सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै, राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको उनको धारण छ।