बैतडी । बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेका थिए। त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो।
उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। चौधरी कैलालीका बासिन्दा हुन। उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
‘आफन्तहरु आउँदैछन्, शव पोष्टमार्टमका लागि अस्पतालमा छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु