बैतडी । बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेका थिए। त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याएको थियो।
उपचार क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। चौधरी कैलालीका बासिन्दा हुन। उनको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
‘आफन्तहरु आउँदैछन्, शव पोष्टमार्टमका लागि अस्पतालमा छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘आफन्त पुगेपछि पोस्टमार्टमको प्रक्रिया अघि बढ्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु