टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, ०९ : ०२
टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

एजेन्सी । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जितमा  जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटका ले गोल गरेर जीत पक्का गरेका हुन । 

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि युभेटसलाई  १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याई दिए । 

४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने  दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस