विभिन्न जिल्लामा ४ जना मृत फेला

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, १३ : ०८
विभिन्न जिल्लामा ४ जना मृत फेला

काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मानिस मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार शनिबार र आइतबार काठमाडौं, धनकुटा र कैलालीमा ४ जना मृत फेला परेका हुन् । शनिबार काठमाडौँ महानगरपालिका–३१ बानेश्वर क्याम्पस अगाडि सडकमा एक वृद्ध मृतअवस्थामा फेला परेका छन् ।

मृत फेला परेका वृद्ध रामेछापदोरम्बा गाउँपालिका–९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धनबहादुर रहेको प्रहरीले जनाएको छ। त्यस्तै धनकुटामा पनि एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको छ थर जोरपाटी गाउँपालिका–५ माथिल्लो खोप्ताक बस्ने २७ वर्षीय रामबहादुर लिम्बु रहेका छन् । लिम्बु साँगुरीगढी गाउँपालिका–१ स्थित घुमाउने भिरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । गत बिहीबारदेखि हराएका उनको शव प्रहरीले  भीरमा फेला पारेको हो ।

उता, कैलालीमा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ता बस्ने ७५ वर्षीय लाहनु चौधरी घर नजिक सडक छेउको नालीमा आइतबार मृत फेला परेका हुन् । त्यस्तै  कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक पनि शनिबार मृत फेला परेकी छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला परेका सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैहरकोे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस