काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।
एमाले संसदीय दलको बैठकवाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरको हो ।
नेम्वाङलाई समर्थन दिन संसदमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १६ : ४०
लेखकबाट थप