काठमाडौं । शुक्रबार साँझ बालुवाटारमा आठ दलबीच राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसबाट बनाउने सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । राष्ट्रपतिमा सबैको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले सहमतिसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।
राष्ट्रपतिमा आठ दलबीच सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउ, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई प्रचण्डले आग्रह गरेको जानकारी दिए ।
कांग्रेसलाई राष्ट्रपति दिने बैठकले सहमति जनाए पनि कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्छ भन्ने विषयमा भोलि बिहान बैठक बसेर तय गरिनेछ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । पूराना पाँच दलीय गठबन्धनमा तीन दल पनि मिसिएका थिए । बैठकमा जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड