काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता सकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएलगत्तै पूरानो पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु पुगेका छन् ।
बालुवाटारबाट शुक्रबार २ घण्टा छलफल गरेर अध्यक्ष ओली निस्किएलगत्तै नेपाली कांग्रेसका नेताहरु त्यहाँ पुगेका थिए । कांग्रेस पुगेको केही समयमै अन्य दलका नेताहरु बालुवाटारमा जम्मा भएका थिए ।
राष्ट्रपति उम्मेदवार चयनबारे अन्तिम निर्णय गर्नका लागि संसद भवनबाट बाहिरिएर ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, दुई घण्टाको कुराकानीमा दुई नेताबीच के कुराकानी भयो त्यो बाहिरिएको छैन
अहिले त्यहिँ विषयमा ठोस निर्णय गर्न पूरानो सत्तागठबन्धनबीच बालुृवाटारमा छलफल भइरहेको छ । छलफलमा कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) र एकीकृत समाजवादीका शीर्ष नेताहरु उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १८ : ४३
लेखकबाट थप