काठमाडौँ । बहालवाला न्यायाधीशहरुको संस्था न्यायाधीश समाजले राष्ट्रपति उपराष्ट्रपति लगायत निर्वाचनबाट पूर्ति हुने पदहरुमा जानका लागि पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई कुनै बन्देज नरहेको बताएका छन् । राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीशहरु समेतलाई बनाउनुपर्ने लबिङ भइरहेका बेला त्यही लबिङलाई सहयोग पुग्ने खालको धारणा न्यायाधीश समाजबाट आएको हो ।
न्यायाधीश समाज नेपालका अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका हुन् ।
न्यायाधीश समाज नेपालको प्रेस विज्ञप्ति
१. नेपालको संविधान बमोजिम राष्ट्रपति तथा उप-राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवार हुने बिषयलाई लिएर न्याय सम्पादनको महत्वपूर्ण जिम्मेवारीमा रहेर सेवा निवृत्त भएका पूर्व प्रधान न्यायाधीश वा पूर्व न्यायाधीशका सम्बन्धमा हलुका र सतही रुपमा गरिएका असान्दर्भिक प्रश्न तथा बिभिन्न सञ्चार माध्यमबाट प्रकाशित, प्रशारित बिभिन्न पेशा वा व्यवसायिक क्षेत्रबाट भएका अमर्यादित तथा अतार्किक टिप्पणीहरुप्रति न्यायाधीश समाज नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. न्यायपालिकाको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको प्रबर्द्धन गर्दै कानूनको शासन कायम राख टेवा पुर्याउने र न्यायाधीशहरुको बृहत्तर हितको संरक्षण गर्ने पुनीत उद्देश्यले न्यायाधीश समाज नेपाल क्रियाशील रहेको छ । यस समाजले आफ्नो स्थापनाकालदेखि नै विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको प्रत्याभूतिका अतिरिक्त न्यायाधीशहरुको हक हितको संरक्षणका लागि रचनात्मक भूमिका निर्वाह गर्दै आएको पनि छ । संवैधानिक सर्वोच्चता सम्वन्धी अवधारणा तथा विधिको शासनको मूल्य मान्यताको अनुशरण गर्दै आधुनिक लोकतान्त्रिक मान्यता अनुसार राज्य सञ्चालन हुनु पर्दछ भन्ने हाम्रो प्रष्ट दृष्टिकोण रहेको छ । उल्लिखित मान्यताहरु प्रतिकूलका काम, कारवाही, गतिविधि, व्यवहार वा क्रियाकलाप हामीलाई स्वीकार्य हुन सक्तैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १४ : २०
लेखकबाट थप