ललितपुरलाई हरियाली शहर बनाउने काम भइरहेको छ : चिरिबाबु महर्जन

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १५ : १२
ललितपुरलाई हरियाली शहर बनाउने काम भइरहेको छ : चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । बुधवार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘हामीले यो शहर, यो महानगर क्षेत्रलाई हरियालीमा रुपान्तरण गर्न चाहन्छौँ । यसका लागि हामीले धेरै कार्यक्रम र योजना सार्वजनकि गरिसकेको छौँ । सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएका छौँ, र हामीसँग भएको १५ रोपनी जग्गामा हरियाली र पानीजन्य प्रोजेक्ट सुरू गरिसकेका छौँ । २ वर्ष भित्रमा त्यहाँ हामी कमलको फूल फुलाउनेछौँ ।’

उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पुर्‍याउन प्रतिवद्ध रहने बताए। उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि सुरू गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस