बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न सांसद थापाको माग

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १४ : १०
बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न सांसद थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्रश्न उठानका क्रममा थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे ।

‘लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको हो’ थापाले भने । लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने उनले बताए । साथै एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न, सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस