आईजिपीको होडमा रहेका डिआइजी सिंहले राजीनामा दिँदै

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १२ : ५८
आईजिपीको होडमा रहेका डिआइजी सिंहले राजीनामा दिँदै

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआइजी) अशोक सिंहले राजीनामा दिने भएका छन् । आफूबिरुद्ध नक्कली शैक्षिक योग्यता देखाएर जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि सिंहले राजीनामा दिने तयारी गरेका हुन् ।

सिंह नयाँ प्रहरी प्रमुख आईजजिपी बन्ने होडमा थिए । यो सँगै प्रहरी प्रमुख बन्ने दौडमा बाँकी तीन जना डिआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा आईजिपीको प्रतिस्पर्धी बन्ने भएका छन् ।

अख्तियारमा सिंहबिरुद्ध फागुन ३ गते उजुरी परेको हो । उक्त उजुरीमा नक्कली शैक्षिक योग्यता देखाएर जागिर खाएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस