लोसपा अध्यक्ष ठाकुरले देउवालाई भेट्ने

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, ०८ : ५१
लोसपा अध्यक्ष ठाकुरले देउवालाई भेट्ने

काठमाडौं  । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्दैछन् ।

लोसपाबाट महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गर्नका लागि सो भेटघाट हुन लागेको कार्यकारिणी सदस्य केशव झाले बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने पहल भइरहेको भेला लोसपाले महन्थ ठाकुरलाई अगाडि सारेको छ । 

दलहरूको बीचमा सहमति भए फागुन १३ गते महन्थ ठाकुरले उम्मेदवारी दिने पार्टीले निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस