काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र नगद २५ हजार ५ सय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । झापा अर्जुनधारा नगरपालिका –२ बस्ने २८ वर्षीय अभिषेक शिवाकोटीलगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले सप्तरी राजबिराजबाट काठमाडौंतर्फ आउँदैगरेको ना. ८ ख ६४९६ नम्बरको बसलाई जाँच गर्नेक्रममा सो लागूऔषधसहित फेला पारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको विराटनगर महानगरपालिका –१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय उज्ज्वल हल्वाईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदैगरेको प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा सो पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ