इंग्लिस प्रिमियरमा टोटेनहम हटस्परको २-० जीत

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, ०९ : ०१
इंग्लिस प्रिमियरमा टोटेनहम हटस्परको २-० जीत

काठमाडौं । टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथी बिजय हासिल गरेको छ । 

इमर्सन रोयल र ह्युङ मिन सनले गोल गरेपछि टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम माथी २–० ले बिजय हासिल गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइबार राति भएको खेलमा पाहुना टोली वेस्ट ह्यामले टोटेनहमलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । र, ५६औं मिनेटमा बेन डेभिसको पासमा इमर्सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । 

७२औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल हुन पुगे । 

यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २४ खेलबाट ४२ अंक पुगेको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट २० अंक जोडेर १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस