प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

सफल खबर संवाददाता

आइतबार, ०७ फागुन २०७९, २१ : ४२
प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार राति ‘गोप्य भेटवार्ता’ भएको छ । देउवा प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा बालुवाटारमा पुगेका हुन् । सो क्रममा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रीत भएको बताइएपनि ठोस कुरा बाहिर आउन सकेको छैन । बालुवाटार र देउवाको सचिवालयले यो भेटलाई गोप्य नै राख्न चाहेको छ ।

प्रतिक्रिया दिनुहोस