बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

सफल खबर संवाददाता

शनिबार, ०६ फागुन २०७९, १३ : ४४
बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

एजेन्सी । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तीमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ। आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तिनीहरूमध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस