नेपाललाई नामिबियाको विशाल स्कोर

सफल खबर संवाददाता

शनिबार, ०६ फागुन २०७९, १३ : ३१
नेपाललाई नामिबियाको विशाल स्कोर

काठमाडौं । जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको २७५ रनको लक्ष्य पाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको हो । 

नामिबियाका लागि जेन ग्रीनले अर्धशतकिय पारी खेले । उनले ११ चौका र १ छक्काको मद्धतमा ७५ रन बनाए । ओपनरद्वय लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेस्टकले क्रमश: ४१ र २० रन जोडे । यसअघिको खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका माइकल भ्यान लिङ्गेन २२ रनमै आउट भए । 

यस्तै, गेर्हार्ड इरास्मसले १५ रन, निकोल लोफ्टी इटनले १५ रन, पिक्की या फ्रान्सले ४९ रन र रुबेन ट्रम्पलम्यानलेले २४ रनकाे योगदान गरे । 

नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गरे । उनले तीन विकेट लिए । यसअघिको दुई खेलमा पनि उनले समान तीन/तीन विकेट लिएका थिए । यस्तै, करण केसीको नाममा एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस