अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, १२ : २९
अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस