सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, ११ : ५२
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

गए राति निजी निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया भण्डारीको आज बिहान निधन भएको अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले बताइन् । 

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ ।

प्रतिक्रिया दिनुहोस