काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।
सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो । युवराज पौडेलले सभापति लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरी सर्वोच्च अदालतले नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ नआइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।
प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि पौडेलले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयबाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । लामिछानेको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको हो ।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै अध्ययन गरी थप निर्णय लिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि