काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।
सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो । युवराज पौडेलले सभापति लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरी सर्वोच्च अदालतले नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ नआइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।
प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि पौडेलले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयबाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । लामिछानेको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको हो ।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै अध्ययन गरी थप निर्णय लिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपाको उदयबाट अत्तालिएकाले मलाइ सिध्याउन भयानक षड्यन्त्र रचे: रवि लामिछाने
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर