बीबीसीको दिल्ली र मुम्बई अफिसमा आयकर विभागको छापा

एजेन्सी

मंगलबार, ०२ फागुन २०७९, १४ : ०२
बीबीसीको दिल्ली र मुम्बई अफिसमा आयकर विभागको छापा

काठमाडौं । मिडिया संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग पुगेको बताइएको छ । जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ । आजतकले स्रोतलाई उद्धृत गर्दै सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको छ । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको कारवाहीको जानकारी दिइएको पनि बताइएकाे छ ।

यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएकाे छ । यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस