भरतपुर । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।
एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख ९मेडिकल सुपरिटेण्डेन्ट० परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो ।
चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ ।
पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा ९ओपिडी०को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा ९जिओपिडी० सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ ।
बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित