नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, ०९ : ४२
नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । नामिबियाले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

आजको खेलमा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुँदै छन्  ।  नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।  

नेपालले नामिबियासँग हालसम्म चार एकदिवसीय खेल खेलेको छ । जसमा नेपाल जित बिहिन छ । तीन खेल नामिबियाले जित्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस