एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ हजार नाघेको छ।
स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ५ हजार ७०० जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी राेयटर्सका अनुसार अझैपनि दुबै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै राेयटर्सले जनाएको छ।
भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।
उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ फागुन २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की विश्वकपबाट बाहिरियो
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
मन्त्री दाहाल र टर्कीका यातायात मन्त्रीबिच भेटवार्ता
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो