टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजारभन्दा बढी, खोजी कार्य जारी

एजेन्सी

मंगलबार, ०२ फागुन २०७९, ०७ : ३१
टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजारभन्दा बढी, खोजी कार्य जारी

एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३७ हजार नाघेको छ।

स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ५ हजार ७०० जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी राेयटर्सका अनुसार अझैपनि दुबै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै राेयटर्सले जनाएको छ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।

उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस