काठमाडौँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । यसअघि लामिछानेको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने युवराज सफलले नै उनको पार्टी पनि खारेज हुनुपर्ने मागसहित आयोगमा उजुरी दिएका हुन् ।
आज आइतबार दर्ता गरिएको उजुरीमा उनले सभापति लामिछानेले पार्टी दर्ता गराउँदा निस्क्रिय नागरिकता पेश गरेको र सो नागरिकता सर्वोच्च अदालतले खारेज गरेको भन्दै उनको दल दर्ता पनि खारेज हुनुपर्ने माग गरेका हुन् ।
रास्वपा खारेजीको लागि उनले तेस्रोपटक निवेदन दिएका हुन् । सो निवेदनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो ।’
निवेदकले उक्त पार्टी खारेजी गर्दै पार्टीले हालसम्म गरेका कामकारबाही र गतिविधि पनि अवैध रहेको घोषणा गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो