डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही नगरे आजबाट आन्दोलन

सफल खबर संवाददाता

शनिबार, २८ माघ २०७९, ११ : २७
डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही नगरे आजबाट आन्दोलन

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही नगरे आजबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । २४ घन्टे अन्टिमेटम दिँदै दिएको संघले डाक्टरमाथि हातपात गर्ने प्रहरीलाई कारवाही नगरे आजैबाट आन्दोलन गर्ने घोषणा गरेको हो ।

आफूहरुको माग पूरा नभए आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।शुक्रबार राष्ट्रपतिको सवारीको समयमा हिंडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो ।

सल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई परिचय पत्र देखाउँदा पनि सुरक्षाकर्मीले अस्पताल परिसरमै कुटपिट गरेको संघको दाबी छ ।दोषी सुरक्षाकर्मीलाई स्वास्थ्यकमर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी एने अनुसार कडा कारबाही गर्नुपर्ने संघको माग छ ।

२४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति संघले आजबाट कार्यकारिणी समितिको आकस्मिक बैठक आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस